भरतपुर र रत्ननगरका ८ जना वडा अध्यक्षसहित २६ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा
चितवनका २६ जना जनप्रतिनिधि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् । बिहीबार भरतपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका स्थानीय तहका २६ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका हुन् । जसमध्ये १२ जना भरतपुर महानगरपालिका र १४ जना रत्ननगर नगरपालिकाका जनप्रतिनिधि छन् ।
भरतपुर महानगरपालिकाका ५ जना वडा अध्यक्षसहित १२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले, ९ का वडाअध्यक्ष यमलाल कँडेल, १० का वडा अध्यक्ष अरुण पीडित भण्डारी, १२ का वडा अध्यक्ष नरेन्द्र कनदङ्वा र २२ का वडा अध्यक्ष विष्णु महतसहित १२ जना नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् ।
त्यस्तै, रत्ननगर नगरपालिकाका ३ जना वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यसहित १४ जनाले बिहीबार नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।
रत्ननगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रोशन आचार्य, १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठ, १५ का वडा अध्यक्ष होमनाथ लामिछाने तथा कार्यपालिका सदस्यहरु कृष्णहरि परियार, राजेन्द्र हमाल र निर्मला खड्कासहित १४ जना नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।
भदौ २२ गतेसम्म सनाखत गर्ने समयसीमा रहेकाले नेकपा एमालेबाट निर्वाचित अझै केही जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्ने रत्ननगर नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण