शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर र रत्ननगरका ८ जना वडा अध्यक्षसहित २६ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

शुक्रबार, १८ भदौ २०७८, १० : २९
शुक्रबार, १८ भदौ २०७८

चितवनका २६ जना जनप्रतिनिधि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् । बिहीबार भरतपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका स्थानीय तहका २६ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका हुन् । जसमध्ये १२ जना भरतपुर महानगरपालिका र १४ जना रत्ननगर नगरपालिकाका जनप्रतिनिधि छन् ।

भरतपुर महानगरपालिकाका ५ जना वडा अध्यक्षसहित १२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले, ९ का वडाअध्यक्ष यमलाल कँडेल, १० का वडा अध्यक्ष अरुण पीडित भण्डारी, १२ का वडा अध्यक्ष नरेन्द्र कनदङ्वा र २२ का वडा अध्यक्ष विष्णु महतसहित १२ जना नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् ।

त्यस्तै, रत्ननगर नगरपालिकाका ३ जना वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यसहित १४ जनाले बिहीबार नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।

रत्ननगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रोशन आचार्य, १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठ, १५ का वडा अध्यक्ष होमनाथ लामिछाने तथा कार्यपालिका सदस्यहरु कृष्णहरि परियार, राजेन्द्र हमाल र निर्मला खड्कासहित १४ जना नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।

भदौ २२ गतेसम्म सनाखत गर्ने समयसीमा रहेकाले नेकपा एमालेबाट निर्वाचित अझै केही जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्ने रत्ननगर नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप