चौधौं महाधिवेशनबाट ‘गुट र गिरोह’ समाप्त गर्नुपर्छ : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला १४ औं महाधिवेशन ‘उत्सव’ का रुपमा आएको बताएका छन् । शुक्रबार विहान एक अपिल जारी गर्दै कोइरालाले महाधिवेशनले काँग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने बताए ।
‘काँग्रेस पार्टीसँग आबद्ध हामी विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधिहरू चयन गर्न गइरहेका छौं । यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँछ । यसरी हामी आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं ।’
महाधिवेशनले आफूहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घुच्च्याइरहेको बताए ।
उनले भने, ‘महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । चरणवद्ध रुपमा हुने निर्वाचनहरूमा यस तर्फ साथीहरुले गम्भीरतापूर्वक मनन् गर्नु नै हुनेछ ।’
काँग्रेसको इतिहास गौरवशाली भएपनि वर्तमान आफ्नै इतिहास सुहाउँदो नभएको उनको भनाइ छ ।
उनले भने, ‘यसैले पार्टीलाई पुनःगौरवशाली बनाउने दृढ संकल्पका साथ हामी सवै महाधिवेशनमा सरिक हुनुपर्नेछ । आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ । यसले पार्टी भित्र ताजा अक्सिजनको सञ्चार हुन्छ, पार्टीलाई चलायमान बनाउँछ ।’
पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दामाथि राख्न सक्दा महाधिवेशन उदाहरणीय हुने उनले बताए ।
‘स्वस्थ र शालीन प्रतिस्पर्धाले काँग्रेसको छवि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत उचाइमा पुग्नेछ । कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ,’ उनले भने ।
चौधौं महाधिवेशन ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्ने कोइराला भनाइ छ ।
राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सवैको मन जित्न सक्षम हुन सकौँ भन्दै महाधिवेशनलाई सफल पार्ने आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘कल्ली’ मा सौगातदेखि बेनिशासम्मको गेटअप
-
शैक्षिक संस्थाले ठुलो सङ्ख्यामा उत्पादन गरेका पत्रकार बजारले खपत गर्न सकेको छैन
-
प्रधानमन्त्रीको निर्देशनपछि उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था
-
खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल
-
भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री ओली
-
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको सुझाव– गल्ती नगर्नु, बिचौलियाबाट बच्नु