पाल्पामा अक्सिजन उत्पादन सुरु
![पाल्पामा अक्सिजन उत्पादन सुरु](https://rpcdn.ratopati.com/media/albums/equipment-medical-oxygen-tank-cylinder-regulator-gauge_KqRyh15eyp.jpg)
पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको रु एक करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ ।
तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको हो ।
जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका लागि घरमै लैजानसमेत अक्सिजन पर्याप्त भएको अध्यक्ष पाण्डेयले बताए।
इञ्जीनियर देवेन्द्र श्रेष्ठले प्लान्टको क्षमता ४२० लिटर प्रतिमिनेट रहेको जानकारी दिए । अक्सिजन प्लान्ट बढी क्षमताको भए पनि यसमा प्रयोग भएको बुष्टरले प्रति २० मिनेटमा एक सिलिण्डर भर्न सक्ने श्रेष्ठले बताए । प्लान्ट ४० किलोवाट क्षमताको हो । बुष्टर ठूलो राख्दा प्रतिदिन १०० सिलिण्डरमा अक्सिजन उत्पादन हुने उनले जानकारी दिए ।
अस्पतालका मेसु डा जगदीश कुँवरका अनुसार अक्सिजनका लागि बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताए। उनले पहिला बुटबल, नारायणगढलगायत स्थानमा पुगी अक्सिजन ल्याउनुपर्ने बाध्यता रहेको जानकारी दिए । कोरोनाको दोस्रो लहर आउँदा अक्सिजनको अभावमा बिरामी र आफन्तले सास्ती खेपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता