पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता
पोखरा । पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा परेर ५ जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।
दुर्लुङमा पहिरो जाँदा ५ जना पुरिएकामा २ जना मृत अवस्थामा फेला परेका छन् भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएको घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको घर भत्किँदा बेपत्ता अन्य ३ जनाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
त्यसैगरी सिल्मीमा मनिलाल पौडेलको घरमा आएको पहिरोले पुरिएर पाहुना आएका मोदी गाउँपालिका ७ राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उनका छोरा ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ ।
त्यसैगरी, मोदी गाउँपालिका,अम्बोटमा पहिरोले घर पुर्दा फुलमाया थापाको मृत्यु भएको छ । राती पहिरोले पुरेर बेपत्ता भएकी उनको शब फेला पारिएको प्रहरीले जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त