आज म निकै खुसी छु : सभापति देउवा (भिडियो)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसम्मत वा स्वास्थ्य प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् । पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना दिँदै उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउने बताए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काँग्रेसलाई बलियो बनाउन जरुरी रहको देउवाको भनाइ छ । ‘नेपाली जनताले बुझिसकेका छन्, बलियो काँग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘बलियो काँग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ देउवाद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
आफूले सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको देउवाले बताए । उनले भने, ‘आज म निकै खुसी छु । ८ लाखभन्दा बढी नेपाली काँग्रेसका क्रियाशील सदस्य आजदेखि १४ औ महाधिवेशनको प्रक्रियामा सहभागी हुनु भएको छ र मैले ती सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु ।’
काँग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि काँग्रेसकै काँधमा आएको उनले बताए ।
उनले भने, ‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहन्छु । हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गरी बलियो बनाउन काँग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु,’ देउवाले भने ।
संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नु परेको भन्दै सामाजिक दूरी कायम गरी सहभागी कार्यकर्तालाई देउवाको अनुरोध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा यसरी प्यान्ट लगाउँछन् अन्तरिक्षयात्री
-
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान
-
सरकारले संसद्मा बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा
-
ओली सरकार राजतन्त्र फर्काउने बाटोमा लागेको नेकपा बहुमतको आरोप
-
सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा : सांसद राणा
-
इराकको जनसङ्ख्या ४ करोड ६१ लाख