सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी

शुक्रबार, १८ भदौ २०७८, ०७ : ०५
शुक्रबार, १८ भदौ २०७८

पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । 

कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको हो । 

पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ । 

वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप