आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेल्जियमको गोल वर्षा, रोकियो युरोपियन विजेता

शुक्रबार, १८ भदौ २०७८, ०६ : २८
शुक्रबार, १८ भदौ २०७८

एक गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले एस्टोनियालाई ५–२ को गोलअन्तरले हराउन सफल भएको छ । विश्वकप छनोट अन्तरगतको खेलमा शानदार जीत हासिल गर्दै बेल्जियम १० अंकसहित समूह ईको शीर्ष स्थानमा रहेको छ ।

कप्तान माटियास काइटले गोल गर्दै खेलको सुरुवातमा नै एस्टोनियालाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर हान्स भान्केनले गोल गर्दै विश्वको नम्बर एक टोलीका लागि बराबरी गोल फर्काए । त्यसपछि चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गर्दै बेल्जियमको अग्रता ३–१ बनाए । ९९ खेलमा लुकाकुले बेल्जियमका लागि ६६ गोल गरिसकेका छन् ।

त्यसपछि बेल्जियमका लागि एलेक्स विटसेल र थोमस फोकेटले एक–एक गोल थपे भने खेलको अन्त्यतिर एरिक सोर्गाले एस्टोनियाका लागि सान्त्वना गोल गरे । समूहमा चेक रिपब्लिक दोस्रो स्थानमा रहेको छ भने २ खेल मात्र खेलेको वेल्स तेस्रो स्थानमा छ ।

उता, युरो २०२० विजेता इटालीले भने आफ्नो घरेलु मैदानमा बुल्गेरियासँग निराश बराबरी खेलेको छ । फेडेरिको किएसाले रोबर्टो मान्चिनीको टोलीलाई अग्रता दिलाए पनि एटानास इलेभले बराबरी गोल फर्काएका थिए ।

खेलमा इटालीले २७ पटक बुल्गेरियाको पोस्टमा प्रहार गरे पनि थप गोल गर्न सकेन । बराबरीसँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३५ खेल पुर्‍याउँदै स्पेनको कीर्तिमानलाई बराबरी गरेको छ ।

समूह सीमा रहेको इटालीले ४ खेलमा १० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप