आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?
वि.सं.२०७८ साल भदौ १८ गते । शुक्रबार । इस्वी सन् २०२१ सेप्टेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–द्वादशी, अहोरात्र । नक्षत्र– पुनर्वसु, दिउँसो ०३ बजेर ५३ मिनेट उप्रान्त तिष्य । योग– व्यातिपात, बिहान १० बजेर २९ मिनेट उप्रान्त वरियान । करण– कौलव, बेलुकी ०६ बजेर ०१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मिथुन, बिहान ०९ बजेर २७ मिनेट उप्रान्त कर्कट ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेट । दिनमान ३१ घडी ३३ पला ।
मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) बिहानको समय राम्रो रहेकोले छोटो दूरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) पढ्न लेख्न मन लाग्नेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रसन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) समयको सही सदुपयोग गरी विदेशी लगानीहरू ल्याई रोजगारका अवसरहरू बढाउन सकिनेछ । घरमा आफन्त बीच नै मनमुटाब बढ्ने योग रहेको छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) इमानदारीपूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु पर्नेछ । व्यापार व्यवसायमा लगानी गरे पनि लाभ थोरै मात्र हुनेछ ।
वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरू गर्न सकिने छैन । घरपरिवार तथा आफन्त बीच मनमुटाब बढ्ने योग रहेको ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) वादविवाद तथा झै–झगडाबाट टाढै बस्नुहोला अनावश्यक धन तथा स्थायी सम्पत्ति हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरू हाबी हुनेछन् ।
मकर(भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा हात पार्न सकिनेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) बिहानको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने योग रहेको । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'