मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मकवानपुरमा व्यवसायीको सहजताका लागि मोबाइल खाता

बिहीबार, १७ भदौ २०७८, २१ : ५५
बिहीबार, १७ भदौ २०७८

व्यवसायीहरुको सहजताका लागि वेदान्त टेक्नोलोजी प्रालिले मोबाइल खाता एप सार्वजनिक गरेको छ । बिहीबार कम्पनीले हेटौँडामा पत्रकार सम्मेलनमार्फत व्यवसायिक कारोवारहरुलाई व्यवस्थित गरि मोबाइलमा नै राख्न मिल्ने गरि मोबाइल खाता एप्लिकेशन सार्वजनिक गरिएको हो ।

‘मोबाइल हातमा, खाता साथमा’ भन्ने मुल नारासहित सो कम्पनीले परम्परागत खाता राख्ने प्रविधिलाई डिजिटल बनाउँदै व्यवसायीको हितका लागि मोबाइल खाता बजारमा ल्याएको सो कम्पनीका निर्देशक भरत सापकोटाले जानकारी दिए ।

नेपालका लागि डिजिटल माध्यममा खाता राख्ने यो पहिलो डिजिटल एप भएको सापकोटाले दावी गरे । उनले तीन तहको साइबर सुरक्षासहित एप बजारमा ल्याएको बताए । व्यापारिक क्रियाकलापमा खरिद, बिक्री, खर्च, उधारो आदि सम्पूर्ण लेखा परम्परागत प्रविधिबाट राख्दा विभिन्न समस्या झेल्नु पर्ने अवस्थालाई चिर्न डिजिटल रुपमा आफ्नो मोबाइलमा नै कारोबारका सम्पूर्ण विवरण राख्न सकिने गरि मोबाइल खाता बनाइएको सापकोटाले बताए । 

हाल ५ हजारभन्दा बढीले सो एप डाउनलोड गरिएको र तीन हजार आठ सयभन्दा बढीले प्रयोग गरिरहेको सापकोटाले बताए । मोबाइल खातालाई गुगल प्ले स्टोर र एप्प स्टोरमा गएर डाउनलोड गरेर प्रयोग गर्न सकिने बताए ।  केही समयका लागि निशुल्क रुपमा एप प्रयोग गर्न सकिने भएपनि पछि एप खरिद गर्नु पर्ने उनले बताए ।

उनका अनुसार एक वर्षको लागि भ्याट बाहेक ५ हजार शुल्क तिरेर सो एप किन्नुपर्नेछ ।  निकट भविष्यमा सो एपबाट नै मोवाईल ढुवानी, मोवाइल पसलका सुविधाहरु पनि थप गर्दै सेवा प्रदान गर्ने योजना रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप