बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसको निर्वाचन निर्देशिका सच्चियो, बन्यो समावेशी

बिहीबार, १७ भदौ २०७८, २१ : १७
बिहीबार, १७ भदौ २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिकालाई थप समावेशी बनाइएको छ । नेता मीन बहादुर विश्वकर्माले निर्वाचन निर्देशिका असमावेशी भएको भन्दै केन्द्रीय सदस्य र दलित संंघको अध्यक्षबाट राजीनामा दिएपछि निर्देशिका सच्चिएको छ ।

विहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र, मानबहादुर विश्वकर्मा र जीवन परिवारले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको परामर्शपछि निर्देशिका सच्याएका हुन् ।

अब महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता प्रतिनिधित्व थप सुनिश्चित गरिएको छ । अब कुनै पनि वडामा एक जना मात्र क्रियाशील सदस्य भएको अवस्थामा पनि कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिमा हुने व्यवस्था गरिएको छ । यसअघि जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो ।

उक्त व्यवस्था अब सबै कलस्टरका हकमा लागू हुने गरी निर्देशिका संशोधन गरिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप