गुणस्तरीय सेवा प्रदान गर्न टेलिकमलाई मन्त्री थापाको निर्देशन
![गुणस्तरीय सेवा प्रदान गर्न टेलिकमलाई मन्त्री थापाको निर्देशन](https://rpcdn.ratopati.com/media/albums/bindu_7KlG4nPPjr.jpg)
गण्डकी प्रदेशका कानुन,सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले नेपाल टेलिकमलाई उपभोक्तालाई छिटो छरितो र गूणस्तरिय सेवा प्रदान गर्न निर्देशन दिएका छन् । मन्त्री थापाले टेलिकम गण्डकी प्रादेशिक कार्यालय पोखराको अवलोकन गर्दै परिवर्तित समयसँगै सेवामा सुधारसँगै गूणस्तरीतयामा ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याए । ‘विगतमा टेलिफोनको महशुल तिर्न दिनभरी लाइन लगाउनु पथ्र्यो, अहिले त्यस्तो अवस्था छैन’ उनले भने, ‘तर पनि समयको गतिसँगै सेवालाइ अझ तीव्र रुपमा विकास गर्न आवश्यक छ, प्रविधिको विकाससँगै सेवा प्रवाहमा गूणस्तरियता हुन आवश्यक छ ।’
मन्त्री थापाले आफ्नो मन्त्रालयले सञ्चार क्षेत्रलाई समेत हेर्ने भएकाले धेरै योजनाहरु तय भएकोले त्यसको कार्यान्वयनका लागि सबैको सहयोगको अपेक्षा राखेको बताए । ‘मन्त्रालयले सूचना सञ्चार सम्बन्धित केही योजनाहरु अगाडि सारेको छ, बजेट समेत विनियोजन गरिएको छ’ उनले भने, ‘त्यसलाई पुरा गर्नका लागि प्राविधिकसहित अन्य सरोकारवालाहरुसँग समेत अवश्य छलफल गर्नेछौं ।’
मन्त्री थापाले गण्डकी प्रदेश सरकारको गौरवको योजना आइटी पार्कलाई सार्थकता तुल्याउने गरी कार्य प्रारम्भ भइसकेको बताए । उनले पार्कको व्यवस्थापनमा नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेश भित्रका सरकारी कार्यालयहरूको डाटाहरूलाई सुरक्षित राख्ने गरी डाटा सेन्टरको समेत प्रदेश सरकारले स्थापना गर्न लागेको मन्त्री थापाले बताए ।
मन्त्री थापाले गण्डकी प्रदेशका हरेक जिल्लामा ‘फोरजी’ र ‘एफटीटीएच’ को सेवा सहज ढंगले उपलब्ध गराउन र डाटा, भ्वाइसको गुणस्तरियता हुनुपर्नेमा जोड दिए । उनले नागरिकका समस्यालाई सहज र सरल ढंगले समाधान गर्न आग्रह गर्दै दुरसञ्चार सेवा प्रदायक संस्थाले प्रदान गर्ने सेवाको गुणस्तरियता प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या