आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको तीज योजनाः बचत खाता खोल्दा पाइन्छ यस्ता सुविधा

बिहीबार, १७ भदौ २०७८, १९ : ५०
बिहीबार, १७ भदौ २०७८

काठमाडौं । सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको हो । 

योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५% सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ । यसका साथै पहिलो पीओएस कारोबारमा १०% वा ५०० सम्मको क्यास ब्याक प्रदान गरिने पनि बैंकले जनाएको छ ।

यसका अतिरिक्त ५०० बराबरको एनसेल सिम कार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिने बैंकले जनाएको छ । यो योजना भदौ ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकहरूका लागि उपलब्ध हुने बैंकले बताएको छ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप