बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडाकी उपमेयर लामासहित २५ जना एकीकृत समाजवादीमा

बिहीबार, १७ भदौ २०७८, १९ : ३३
बिहीबार, १७ भदौ २०७८

हेटौँडा उपमहानगरपालिकाकी उपमेयरसहित २५ जनाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामासहित २५ जना जनप्रतिनिधि नेकपा एसमा खुलेका हुन् ।

बिहीबार मकवानपुरका १० वटा स्थानीय तहका २५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि गत भदौ १५ गतेदेखि २२ गतेसम्म नवगठित पार्टी नेकपा एसमा सनाखतका लागि समय सीमा दिइएको छ । उपमेयर लामासँगै मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले नेकपा एसमा सनाखत गरेका हुन् ।

त्यस्तै थाहा नगरपालिकाका वडा ११ का वडा अध्यक्ष किरणमान बलसहित अर्का एक वडा अध्यक्षले नेकपा एसमा सनाखत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप