आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद गर्ने फैसला

२८ महिनादेखि जेलमा रहेका सैनिकबारे फैसला आउन बाँकी
बिहीबार, १७ भदौ २०७८, १९ : १६
बिहीबार, १७ भदौ २०७८


 

साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद गर्ने फैसला गरिएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले महेन्द्र दल गणमा कार्यरत ढकाललाई बिहीबार २५ वर्ष कैद सजाय हुने फैसला गरेको सैन्य प्रवक्ता (सहायक रथी) सन्तोष वल्लभ पौड्यालले रातोपाटीलाई बताए ।

महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृत फेला परेका थिए । प्रहरीको अनुसन्धानबाट कालिबहादुर गणबाट चोरेको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरेर उनले गुरुङको हत्या गरेको खुलेको थियो ।

कर्तव्य ज्यान, बैङ्किङ कसुर र हात हतियार खरखजाना मुद्दामा संलग्न ढकाललाई सैन्य अदालतले भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने फैसला गरेको छ ।

हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङबारे फैसला आउन बाँकी छ । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णय विरुद्ध उनीहरूले जङ्गी अड्डा स्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए । विशेष अदालतको निर्णय आउन बाँकी रहेको सैन्य प्रवक्ता पौड्यालले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप