बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

बिहीबार, १७ भदौ २०७८, १९ : १०
बिहीबार, १७ भदौ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटघाट भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटघाटमा उनीहरुबीच सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप