बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

डल्लु पुगेर प्रधानमन्त्री देउवाले भेटे नेता खनाल

बिहीबार, १७ भदौ २०७८, १९ : ०४
बिहीबार, १७ भदौ २०७८

 प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन् । विहीबार साँझ  नेता खनाललाई भेट्न प्रधानमन्त्री देउवा उनकाे निवास डल्लु पुगेका थिए । 

भेटमा देउवाले पूर्वप्रधानमन्त्री समेत रहेका खनालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए  । देउवाले खनालको स्वास्थ्यमा निकै सुधार भएको रहेकाे बताए ।

खनालले केही दिनअघि भारतमा मृगौला प्रत्यारोपण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप