विद्यालयहरूले देशभरका अभिभावकलाई आतङ्कित बनाइरहेका छन् : लेखनाथ न्यौपाने
माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले विद्यालयहरूले स्कुल भर्ना जस्तो सामान्य विषयमा समेत झमेला खडा गरेर अभिभावकहरूलाई आतङ्कित बनाइरहेको बताउनु भएको छ । अखिल(क्रान्तिकारी)ले आगामी सम्मेलनको शैक्षिक कार्यदिशा तय गर्न सुझाव लिने उद्देश्यले बिहीबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यौपानेले उक्त भनाइ राखेका हुन । शिक्षालाई मौलिक हक मान्ने संविधान भएको मुलुकमा विद्यार्थीलाई उसले इच्छाएको विद्यालयमा रुचिको विषय अध्ययन गर्न पाउनु उसको नैसर्गिक हक भएको भन्दै विद्यार्थी र अभिभावकमाथि तनाव खडा गर्ने स्कुलमाथि छानबिन गर्न समेत विद्यार्थी नेताहरूलाई अपिल गरेका छन् ।
उपाध्यक्ष दीपक देवकोटाद्वारा प्रस्तुत "नेपाली विद्यार्थी आन्दोलनको समीक्षा" विषयक अन्तरक्रिया कार्यक्रममा विद्यार्थी सङ्गठनका पूर्व अध्यक्षहरू लीलामणि पोखरेल, देव गुरुङ, प्रकाश पोखरेल, जीवन गौतम र रमेश मल्ल सहित
पूर्व विद्यार्थी नेता तथा बागमती प्रदेश सदस्य रत्न ढकाल तथा वर्तमान अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनको र आगामी कार्यदिशाका सन्दर्भमा धारणाहरू राख्नु भएको अखिल(क्रान्तिकारी) प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।
चार वर्ष अघि कीर्तिपुरमा भएको २१औँ सम्मेलनबाट अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भए यता २/२ वर्षमा हुनुपर्ने सम्मेलन मुलुकको राजनीतिक घटनाक्रम, नेकपा एकता र फुट तथा कोभिड महामारी पछि रोकिँदै आएको थियो । यही असोज ८ ९,र १० गते काठमाडौँमा २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय सहित तीव्र तयारीमा रहेको अखिल (क्रान्तिकारी)को सम्मेलनमा मुलुकभरबाट ९९९ प्रतिनिधि सहभागी हुने मैनालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा