रौतहटमा मेयर सहित ८६ जनप्रतिनिधिद्वारा नयाँ दलमा सनाखत
रौतहटमा एक मेयर एक उपमेयरसहित स्थानीय निकायका ८६ जना जनप्रतिनिधिहरुले नयाँ दलमा सनाखत गरेका छन् । निर्वाचन आयोगले अगामी २२ गतेसम्म दल सनाखत गर्न दिएको समय अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुले विधिवत रूपमा दल सनाखत गर्न सुरु गरेका हुन् ।
बिहीबार गौरनगरपालिकाका मात्रै जसपाका मेयर अजय कुमार गुप्तासहित ३६ जना जनप्रतिनिधि मध्ये ३२ जनाले जिल्ला निर्वाचन कार्यालय गौरमा पुगेर महन्थ ठाकुरको लोसपामा रहने गरि सनाखत गरेका छन् । बिहीबार कार्यालय समयसम्म जिल्लाभरका ५२ जना निर्वाचित जनप्रतिनिधिले लोसपामा सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दाशले बताए । त्यसैगरी तत्कालीन एमालबाट निर्वाचित चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी सहित ३४ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा