गण्डकीमा १८२ जनामा कोरोना संक्रमण पुष्टि, थप १ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९१६ जनामा गरिएको नमूना परीक्षणमा १८२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९३ महिला र ८९ जना पुरुष रहेका छन् ।
प्रदेशका ६ जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की ९३, बागलुङ १६, स्याङ्जा ३४, म्याग्दी ३, पर्वत १०, लमजुङ ५, तनहुँमा ९ र नवलपरासी पूर्वमा १२ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१ हजार ९९२ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा नवलपरासी पूर्वमा, मध्यबिन्दु नगरपालिका –१३ की ६५ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ पुगेको छ । प्रदेशमा केही समयदेखि कोरोना संक्रमण र मृत्युदर क्रमश घटिरहेको छ । कोरोना संक्रमणका कारण दिनमा २८ जनासम्म मृत्यु भएको गण्डकीमा बिहिबार भने १ जनाको मात्र मृत्यु भएको छ । प्रदेशमा सबैभन्दा धेरै संक्रमण र मृत्युदर रहेको कास्कीमा आज मृत्युदर शून्य रहेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७७ हजार ५८९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या २६९ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ११२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला