बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस

person explore access_timeभदौ १७, २०७८ chat_bubble_outline0

ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वारबाट बगनाहा क्याम्पससम्म बस सेवा सञ्चालनमा ल्याएको छ । यसबाट  विद्यार्थी तथा अभिभावक खुशी भएका छन् ।


बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा  विद्यार्थीहरू  छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा  पर्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको  सहायक क्याम्पस प्रमुख रुद्रबहादुर खड्काले बताए । 



हाल कोभिड–१९ का कारण क्याम्पस सञ्चालन नभए पनि शुक्रबारदेखि सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षालाई सहज हुुने उल्लेख गर्दै उनले बस सेवालाई मधुवन नगरपालिकाको सूर्य पटुवा ओराली हुँदै बगनाह क्याम्पससम्म पुर्याइने जानकारी दिए । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।