कोरोना खोप अभियान : डब्लुएचओले नेपाललाई दियो बधाई
बिहीबार, १७ भदौ २०७८, १६ : ५०
विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले नेपालले समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएकी छन् । निर्देशक खेत्रपालले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाई दिएकी हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ लाख १ हजार ७०० जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ५४ लाख २५ हजार ८८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७९६ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल
-
जनमुक्ति सेना नेपालका तत्कालीन कमान्डर थापाको निधन
-
भारतको जबलपुरमा मिनीबस दुर्घटना, कुम्भ मेलाबाट फर्किएका सात जनाको मृत्यु
-
कोशीमा आमसञ्चार विधेयक बहस : सत्तारुढ सांसद नै संशोधनको पक्षमा
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?