आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी रोजेका दुई सांसद एमालेको बैठकमा

बिहीबार, १७ भदौ २०७८, २२ : ३०
बिहीबार, १७ भदौ २०७८

 प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने भनेका २ जना सांसद एमालेको बैठकमा सहभागी भएका छन् ।

प्रदेश २ मा एमालेबाट निर्वाचित १० सांसदले समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । तर, एकीकृत समाजवादीमा सनाखत गर्ने सूचीमा रहेका २ जना प्रदेशसभा सदस्य शुक्रबार वीरगंजमा भईरहेको एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएपछि उनीहरु एमालेमै रहेको पुष्टि भएको हो ।

प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादी सनाखत गर्ने सुचीमा रहेका थिए । तर शुक्रबार विश्वकर्मा र गुरुङ वीरगंजमा एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी भएको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

एमाले विभाजन हुने बेलामा विश्वकर्मा र गुरुङ माधवकुमार नेपाल पक्षमा लागेका थिए ।

क्यान्सर पीडित प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती अहिले उपचारका लागि भारतमा रहेको र दिल्लीस्थित नेपाली दूतावास मार्फत निर्वाचन आयोगमा उनको सनाखत सम्बन्धी पत्र आउने गरी सुविधा माग गर्दै आयोगमा निवेदन दिइएको नेता शत्रुधन महतोले जानकारी दिए । नेता महतोले विश्वकर्मा र गुरुङले पनि समाजवादीको पक्षमा सनाखत गर्ने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप