क्लासिक टेकबारेको समाचार प्रति आइस्पानको ध्यानाकर्षण
बिहीबार, १७ भदौ २०७८, १६ : ३४
काठमाडौं । ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी’ भन्ने समाचार प्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आइस्पानले एक विज्ञप्ती जारी गर्दै समाचार अतिरञ्जित तबरले आएको पनि जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘क्लासिक टेकको उक्त समाचार संस्थासँगको व्यवसायिक सम्बन्धसँग जोडेर आउनु दुःखद छ । उक्त संचार माध्यमको वेबसाइट क्लासिक टेकमा होस्ट नभएकोले त्यसको स्वामित्व क्लासिक टेकमा नभई अन्तै रहेको हुनाले त्यसमा पहुँच या नियन्त्रण क्लासिक टेकसँग हुनु असम्भव छ । ’
आइस्पानले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार, अदालतको निर्णय बिना कुनै पनि इन्टरनेट सेवा प्रदायकले संचार माध्यमलाई प्रतिबन्ध लगाउने अधिकार नरहेको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा