शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा समाजवादी मकवानपुरको अध्यक्षमा पोखरेल

बिहीबार, १७ भदौ २०७८, १६ : २८
बिहीबार, १७ भदौ २०७८

माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् ।

बिहीबार भएको जिल्ला कमिटी बैठक तथा रुपान्तर कार्यक्रमले पोखरेलको संयोजकत्वमा २५५ सदस्यीय जिल्ला कमिटि घोषणा गरेको हो ।

जिल्ला भेलामा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले पोखरेलको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेकी हुन् ।

यस्तै पार्टीको उपाध्यक्षमा मीना लामा र सचिवमा विष्णु दाहाल चयन भएका छन् । उपाध्यक्ष लामा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर समेत हुन् ।

नेकपा एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्व रहने गरी गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।

केन्द्रीय सदस्य सिग्देलले पार्टी विभाजित हुँदा नेता, कार्यकर्ताहरूलाई कसको. नेतृत्वमा जाने भन्नेबारे निर्णय लिन समस्या भएको भन्दै आगामी दिनमा बहुमत कार्यकर्ताहरु नेकपा समाजवादीमा सहभागी बताइन् ।

उनले नेकपा एसले छिटै नै संगठन निर्माण अभियान सुरु गर्ने बताइन् ।

उनले आगामी केही दिनमा नै पालिकास्तरका कमिटी र भातृ तथा जनवर्गीय संगठनहरु निर्माण तथा विस्तार गरिने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप