शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भैंसीको दुध पिउनुका पाँच उत्कृष्ट फाइदा

बिहीबार, १७ भदौ २०७८, १६ : ०२
बिहीबार, १७ भदौ २०७८

गाईको दुधको तुलनामा भैंसीको दुधलाई सधैं कम स्वस्थवद्र्धक मानिन्छ । धेरैजसो मानिसहरुलाई गाईको दुध मात्रै फाइदाजनक हुन्छ भन्ने लाग्छ । जबकी यस्तो कुनै पनि हालतमा होइन । भैंसीका दुधका केही आफ्नै विशेष फाइदा छन् । हो, रोचक कुरा के हो भने, यसमा केही यस्ता भिटामिन र मिनरल्स पाइन्छन् जसले तपाईंको प्रतिरोधी क्षमतालाई बलियो गर्नेदेखि हड्डी, दाँत र छालाका थुप्रै रोगबाट जोगाउँछ । जस्तै कि प्रोटिन, क्याल्सियम, जिंक, भिटामिन ए र भिटामिन सी । यसबाहेक यसमा केही यस्ता एन्टिअक्सिडेन्ट पाइन्छन् जसले शरीरमा अक्सिडेटिव तनावलाई कम गर्छ र यसबाट हुने गम्भीर रोगबाट जोगाउँछ । भैंसीको दुध पिउनुका केही फाइदाबारे जानकारी लिऔं ।

भैंसीको दुधको न्यूट्रिशनल भ्यालू

सय एमएल भैंसीको दुधको न्यूट्रिशनल भ्यालू हेर्ने हो भने यसमा २३७ क्यालोरी हुन्छ । यसमा

– सबैभन्दा धेरै क्याल्सियम (१७.३ प्रतिशत) हुन्छ

– प्रोटिन (७.८ प्रतिशत)

– भिटामिन ए (४.३ प्रतिशत)

– पोटासियम र फस्फोरस

– म्याग्नेसियम

– जिंक

– एन्टीअक्सिडेन्टले भरपुर

भैंसीको दुध पिउनुका फाइदा

१. प्रोटिनले भरपुर छ भैंसीको दुधः

भैंसीको दुधमा प्रोटिनको राम्रो मात्रा पाइन्छ । यो प्रोटिनले सबैभन्दा पहिला त तपाईंको मांसपेशीलाई बढाउने र यसको विकासमा मद्दत गर्छ । यदि तपाईं बिहान भैंसीको दुध पिउनुहुन्छ भने तपाईंलाई लामो समयसम्म भोक लागेको महसुस हुँदैन । यस्तो यसकारण किनभने प्रोटिन पच्नमा सबैभन्दा धेरै समय लाग्छ जसले तपाईंको शरीरलाई लामो समयका लागि मेटाबोलिक प्रोसेसमा राख्ने गर्छ । साथै, यो प्रोटिनले खराब मांसपेशीको निर्माणमा पनि मद्दत गर्छ र यसलाई लामो समयसम्म स्वस्थ राख्छ । यसबाहेक हाम्रो शरीरले प्रोटिनको ठूलो मात्रालाई विभिन्न एन्जाइम र हर्मोनलाई सन्तुलित राख्नका लागि गर्दछ ।

२. तौल बढाउन सहयोगीः

तौत बढोस् भन्ने चाहना भएका मानिसहरुका लागि भैंसीको दुध निकै फाइदाजनक हुन्छ । यस्तो यसकारण कि यसमा क्यालोरीको मात्रा निकै धेरै हुन्छ र यसले तीब्र रुपमा तपाईंको शरीरको ऊर्जा पनि बढाउँछ । साथै, भैंसीको दुधमा फ्याटको मात्रा असाध्यै हुन्छ र यसले दुब्लो पातलो मान्छेलाई मोटाउन मद्दत गर्छ ।

३. मुटुलाई स्वस्थ राख्छः

मुटुलाई स्वस्थ राख्नका लागि भैंसीको दुध फाइदाजनक हुन्छ । यसको सबैभन्दा खास कुरा के हो भने यसमा कोलेस्ट्रोलको मात्रा निकै कम हुन्छ जसले लामो समयसम्म तपाईंको रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले शरीरको रक्तसञ्चारलाई राम्रो बनाउँछ र उच्च रक्तचापको जोखिम कम हुन्छ । साथै, जो मानिसहरु उच्च रक्तचापद्वारा पीडित छन् उनीहरुका लागि पनि भैंसीको दुध पिउनु फाइदाजनक हुन्छ । यसमा पोटासियमको मात्रा पनि उच्च हुन्छ जुन सन्तुलित रक्तचापका लागि निकै आवश्यक छ । वास्तवमा, पोटासियमले एउटा वेसोडिलेटरको रुपमा काम गर्छ जसले रक्तनली र धमनीलाई चौडा गर्छ र रक्त सञ्चारलाई सहज बनाउँछ । यसरी हामी मुटु रोगबाट बच्न सक्छौं ।

४. हड्डी बलियो बनाउँछः

भैंसीको दुधमा क्याल्सियमको मात्रा निकै राम्रो हुन्छ जुन हड्डीको विकासका लागि आवश्यक मिनरल मानिन्छ । साथै यसमा केही विशेष पेप्टाइड्स पनि हुन्छ जसले हड्डीको स्वास्थ्यलाई बढाउने गर्छ र अस्टियोपोरोसिसजस्तो रोगबाट बच्न मद्दत गर्छ । साथै, बढ्दो उमेरसँगै कमजोर हड्डीलाई पनि मजबुती दिन्छ । यसले बोन मास बढाउन पनि मद्दत गर्छ । साथै, यसमा पाइने अन्य खनिज जस्तै कपर, म्यागनिज, फस्फरोस र जिंकले पनि हड्डी बलियो बनाउन मद्दत गर्छ ।

५. रक्तअल्पत्ताबाट जोगाउँछः

रगतको कमी हुँदा रक्तअल्पत्ता हुन्छ । यस्तोमा यो आवश्यक छ कि तपाईं भरपुर मात्रामा आइरनको सेवन गर्नुहोस् । भैंसीको दुधमा आइरन पर्याप्त मात्रामा पाइन्छ । यसले रातो रक्त कोसिकालाई स्वस्थ राख्न मद्दत गर्छ । साथै यसले शरीरमा आरबीसीको संख्या बढाएर शरीरकाम विभिन्न अंगमा अक्सिजनको स्तर बढाउँछ जसकारण यसले पूरा क्षमतासहित काम गर्ने गर्छ । यसबाहेक यसले नयाँ सेल्स र टिस्यूको उपचार र विकासलाई पनि गति दिन्छ ।

गाईको दुधको तुलनामा भैंसीको दुधमा सोडियम पनि कम हुन्छ । साथै, यसका केही विशेष एन्टीअक्सिडेन्टले खतरनाक मुक्त कण र विषाक्त पदार्थलाई शरीरबाट सफा गर्न सक्छ जुन पुरानो रोगको कारण बन्न सक्छ । त्यसकारण प्रतिरोधी क्षमता बढाउन र रोगबाट बच्नका लागि भैंसीको दुध पिउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप