शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामग्री सहयोग

बिहीबार, १७ भदौ २०७८, १५ : ३६
बिहीबार, १७ भदौ २०७८

कर्णाली प्रदेश सरकारलाई कोभिड–१९ प्रतिकार्यका लागि १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रतिमान निमा स्मृति प्रतिष्ठानले उक्त, सामग्री सहयोग गरेको हो । 

बिहीवार प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेसन गराउन, इमर्जेन्सी रिलिफ बेड, पिपिइ सेट, मास्क,डिजिटल थर्मामिटर,गोलप्स लगायतका स्वास्थ्य सामाग्री प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तर गरेकी हुन् ।
स्वास्थ्य सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला प्रदेश सरकारलाई सहयोग गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए । 

‘कर्णालीमा सहयोग गर्ने दाताहरुले पैसा भन्दा सामाग्री सहयोग गर्दा राम्रो भएको छ यहि सामान प्रदेश सरकारले खरिद गर्दा सार्वजनिक खरिद ऐनले गर्दा झन्झटिलो गराएको छ’, मुख्यमन्त्री शाहीले भने,‘अब आउने दिनहरुमा प्रदेश सरकारलाई सहयोग गर्ने कुनै पनि संघ सस्थाले कर्णालीको आवाश्यकता के छ त्यसलाई ध्यान दिएर सहयोग गर्दा झनै राम्रो हुने छ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप