महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समूहको संकल्प

नेपाल काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो ।
एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘काँग्रेस सुधार चाहने हाम्रो विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने छ । यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्छ ।’
पौडेलले सो घोषणा गर्दैगर्दा ‘यसको आधार के छ ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा पौडेलले आजको उपस्थिति र अठोट नै यसको आधार भएको बताए । ‘देशको वर्तमान व्यवस्था र काँग्रेस सुधार गर्नका लागि हाम्रो विचार समूह नेतृत्व पुग्न अपरिहार्य देखिएको छ’ उनले भने, ‘यही निष्कर्षलाई आधार मानेर हामी अघि बढ्छौँ । यही निष्कर्षले हामीलाई एकतामा बाँधी राख्नेछ ।’
आजको पत्रकार सम्मेलनमा यसअघि कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीका उम्मेदवार बनेका गगन थापा पनि पुगेका थिए । उनले हालै मात्र सो पदमा पुनः उम्मेदवारी घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती