महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समूहको संकल्प
नेपाल काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो ।
एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘काँग्रेस सुधार चाहने हाम्रो विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने छ । यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्छ ।’
पौडेलले सो घोषणा गर्दैगर्दा ‘यसको आधार के छ ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा पौडेलले आजको उपस्थिति र अठोट नै यसको आधार भएको बताए । ‘देशको वर्तमान व्यवस्था र काँग्रेस सुधार गर्नका लागि हाम्रो विचार समूह नेतृत्व पुग्न अपरिहार्य देखिएको छ’ उनले भने, ‘यही निष्कर्षलाई आधार मानेर हामी अघि बढ्छौँ । यही निष्कर्षले हामीलाई एकतामा बाँधी राख्नेछ ।’
आजको पत्रकार सम्मेलनमा यसअघि कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीका उम्मेदवार बनेका गगन थापा पनि पुगेका थिए । उनले हालै मात्र सो पदमा पुनः उम्मेदवारी घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण