आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उपत्यकामा खुलेनन् फिल्म हल

बिहीबार, १७ भदौ २०७८, १५ : २६
बिहीबार, १७ भदौ २०७८

जिल्ला प्रशासन कार्यलय काठमाडौंले बिहिबारदेखि उपत्यकाको हल खोल्न दिने निर्णय बुधबार गर्यो । प्रशासनको निर्णयले फिल्म क्षेत्रमा उत्साह थपिएको थियो । करिब ४ महिनादेखि बन्द रहेको हल बिहीबारबाटै आफुहरुले खोल्ने चलचित्र संघका महासचिव अशोक शर्माले बताएका थिए । तर बिहीबार भने उपत्यकामा कुनै पनि हल खुलेका छैनन् ।

प्रशासनले अनुमति भएपनि बिहीबार आफुहरु हल खोल्न असमर्थ रहेको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘लामो समयदेखि बन्द रहेको हलको सफाई, प्राविधिक चेकजाँच लगायतको टेक्निकल समस्याले आज फिल्म रिलिज हुन सकेन’ शर्माले भने, ‘अझै केही दिन यस्तो समस्या रहन्छ । त्यसपछि हल खुल्छ ।’ सबै प्राविधिक व्यवस्था मिलाएर एक साताभित्र सबै हल खुल्ने उनले अनुमान लगाए ।

‘हल खुलेपनि सुरुमा नयाँ फिल्म लाग्दैन’ शर्माले थपे, ‘पुरानो फिल्म रिलिजबाट दशै सम्ममा नयाँ फिल्म रिलिज गर्ने माहोल बनाउँछौ ।’ शर्मा पुरानो फिल्म रिलिजका लागि भने समस्या नरहेको खुलाए । थपे, ‘फिल्मको कारणले भन्दा हलकै कारणले आज नखुलेको हो । पुरानो फिल्मको समस्या भने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप