
पौडेल समूहको पत्रकार सम्मेलनमा गगन

केही दिनअघि मात्र आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका गगन थापा रामचन्द्र पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका छन् । यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो । संस्थापन इतर समूह एक भएर महाधिवेशनमा उम्मेदवार चयन गर्ने कसरतमा रहेको छ । पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिने हो भने साझा उम्मेदवार उठाउनुपर्ने सो समूहको निष्कर्ष रहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ