बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एनआईसीको मोबाइल एपबाट अब निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

बिहीबार, १७ भदौ २०७८, १३ : ५७
बिहीबार, १७ भदौ २०७८

काठमाडौं । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक भएको छ ।

यो योजना भदौ १६ देखि लागु भइसकेको छ भने कात्र्तिक १४ सम्म लागू हुने बैंकले जनाएको छ ।

यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।

सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंक मार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप