बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

बिहीबार, १७ भदौ २०७८, १३ : ४०
बिहीबार, १७ भदौ २०७८

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ ।  कोल्हवी नगरपालिका–१ घर भएका ३६ वर्षीय अनिलकुमार चौधरीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कोल्हवी नगरपालिका बस्ने १८ वर्षीय अजय चौधरीको हत्यामा संलग्न रहेका उनी लामो सयमदेखि फरार थिए । २०६९ जेठ २२ मा कोल्हवी–१ स्थित नहरमा अजय चौधरीको शव फेला परेको थियो । जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिएर उनीमाथि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप