बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

गोरु काटेको आरोपमा काडमाडौंबाट ५ जना पक्राउ

बिहीबार, १७ भदौ २०७८, २२ : ३३
बिहीबार, १७ भदौ २०७८

काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखरापुर–३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबासहित पाँच जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिहिबार बिहान सो ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको थियो । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले करिब ५ सय किलो गोरुको मासु बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप