शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

‘टीभीएस सिक्स प्राइजको सरप्राइज’ अफर, १० लाख नगद देखि कारसम्म जित्न सकिने

बिहीबार, १७ भदौ २०७८, १३ : २६
बिहीबार, १७ भदौ २०७८

काठमाडौं । टीभीएसले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘टीभीएस सिक्स प्राइजको सरप्राइज’ योजना सार्वजनिक गरेको छ ।

‘टीभीएस सिक्स प्राइजको सरप्राइज’ योजनामा अन्तर्गत ग्राहकले ६ पटकसम्म उपहार जित्न सक्नेछन् । ग्राहकहरूले बिभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल बिभिन्न आकर्षक तथा भव्य उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागिले १ लाखसम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन्। यति मात्र नभएर दैनिक रियलमी सी२० स्मार्ट फोन पनि उपहार स्वरुप प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत दिएको छ, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर ३१० जित्ने अवसर पनि पाउने छन् ।

यस योजनाको अन्त्यमा सरप्राइज बम्पर उपहारमा टीभीएसको सवारीसँगै ‘प्रोटोन सागा’ जित्न सकिने छ । यो योजना भदौ १६ गते बुधबारबाट प्रारम्भ भएको छ । योजना सम्पूर्ण चाडपर्वहरूको समापन पछि समाप्त हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप