बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४० वर्षमा सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन, किन युवा यो रोगको शिकार भइरहेछन् ?

बिहीबार, १७ भदौ २०७८, १३ : १८
बिहीबार, १७ भदौ २०७८

अभिनेता तथा बिग बस १३ का बिजेता सिद्धार्थ शुक्लाको बिहिबार हृदयघातका कारण मृत्यु भएको छ । ४० वर्षका सिद्धार्थको मृत्युले सबैजना चकित छन् । कूपर अस्पतालले हृदयघातका कारण सिद्धार्थको मृत्यु भएको पुष्टि गरेको छ । सिद्धार्थ फिट थिए र उनलाई मुटु सम्बन्धि केही पनि समस्या थिएन । यस्तोमा सिद्धार्थको अचानक मृत्यु हुँदा धेरैजना शोकमा छन् । साधारणतया मुटु सम्बन्धित रोग एक उमेरपछि मानिसहरुमा देखिने गर्छ तर पछिल्लो एक वर्षमा हृदयघातका कारण युवाहरुको मृत्युमा वृद्धि भएको छ । युवामा मुटुसँग सम्बन्धित रोगका मुख्य कारण के हुन् त्यसबारे जानकारी लिऔं ।

नशाः

आजकाल धेरैजसो युवा १८ देखि २५ वर्षको उमेरमा नै धुम्रपान र मद्यपानका आदी हुन्छन् । डाक्टरलाई विश्वास गर्ने हो भने युवाहरुको यो बानी उनीहरुलाई कार्डियोभास्कुलर (मुटुसम्बन्धि) रोगको शिकार बनाइरहेको छ । वास्तवमा, कार्डियोभास्कुलर हार्ट डिजिज एक गम्भीर समस्या हो जो अनेक प्रकारको मुटुरोगको कारण बन्ने गर्छ ।

जंक फूडः

आजका धेरैजसो युवा पीढि आफ्नो भोक मेटाउनका लागि घरको खानाको साटो जङ्क फूडमा निर्भर हुन्छन् । उनीहरुको थालमा धेरैजसो तारेको भुटेका खानेकुरासहित चिनियाँ फूड समावेश हुन्छन् । जसका कारण उनीहरुको शरीरमा क्यालोरीको मात्रा बढ्ने गर्छ र यसको प्रत्यक्ष असर उनीहरुको मुटुमा पर्दछ ।

कामको प्रेसरः

व्यस्त जीवनशैली र भागदौडका कारण युवा आजकाल आफ्नो खानाप्रति ध्यान दिँदैनन । भोक लाग्दा उनीहरु बाहिर पाइन् जङ्क फूडमा निर्भर हुन्छन् । लगातार घण्टौं काम गर्दा र जङ्क फूडको सेवनको सीधा असर रक्त नलीमा पर्छ । यसैकारण कम उमेरमा नै आजकाल रक्तचापको शिकार बन्ने गर्छन् ।

साइड इफेक्टः

युवामाझ सेलिब्रिटीको क्रेज यति धेरै छ कि उनीहरु त्यस्तै शरीर बनाउन घण्टौं जिममा पसिना बगाउँछन् । पसिना बगाउनेसम्म त ठिक छ तर थुप्रै स्थानमा जिममा युवालाई अत्यधिक पोषक तत्व लिन सल्लाह दिइन्छ । पौष्टिक तत्वको चक्करमा युवा एम्बोलिक स्टेरोइडजस्ता उत्पादन प्रयोग गर्न थाल्छन् । जसका कारण हृदयघातको खतरा बन्नेगर्छ ।

हृदयघातको लक्षणः

हुन त हृदयघातको कुनै निश्चित समय हुँदैन । व्यक्ति जुनसुकै बेला पनि यो रोगको चपेटमा आउन सुक्छन् । तर यति हुँदा हुँदै पनि हृदयघात हुनु एक महिना अघि यस्ता केही लक्षण देखिन्छन् जसबारे व्यक्ति सचेत हुनुपर्छ । असाध्यै थकाई लाग्नु, निद्रा नलाग्नु, सास फेर्न समस्या हुनु, छातीमा बेचैनी, झुसिलो डकार, अनियमित मुटुको धड्कन र खुट्टा सुन्निनेलगायत हुने गर्छ ।

यसरी बच्न सकिन्छः

युवा यो गम्भीर रोगलाई नियमित व्यायाम गरेर टाढा राख्न सक्छन् । डाक्टरलाई विश्वास गर्ने हो भने आजको तनावले भरिएको जीवनशैलीमा दैनिक व्यायाम गरेर रक्तसञ्चार ठिक गर्न सकिन्छ । यसबाहेक खानामा अत्यधिक मात्रामा फलफूल र सागसब्जी पनि समावेश गर्नुहोस् । स्वस्थ मुटुका लागि कम चिल्लो भएका खानालाई आफ्नो आहारमा समावेश गर्नुहोस् । जङ्क फूडको सेवन सकेसम्म कम नै गर्नुहोस् र खाना समयमा नै खानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप