बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सिमेन्ट बजारमा शौर्य सिमेन्टको आगमन, लो अल्कली उत्पादन गर्ने पहिलो कम्पनी

बिहीबार, १७ भदौ २०७८, १३ : ०९
बिहीबार, १७ भदौ २०७८

काठमाडौं । नेपाली सिमेन्ट बजारमा शौर्य सिमेन्टको आगमन भएको छ । नेपाली सिमेन्ट बजारमा उच्च स्तरिय कच्चा पदार्थसँगै पछिल्लो जमानाको सर्वोत्कृष्ट प्रविधिलाई अंगाल्दै गुणस्तरीय उत्पादनका साथ बजारमा उत्पादन र बिक्री वितरण शुरु गरेको शौर्य सिमेन्टले जनाएको छ । 

सिराहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट इन्डष्ट्रिज ओपीसी, पीपीसी, पीएससी र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरिका गुणस्तरीय सिमेन्टहरु उत्पादन थालेको छ । जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको कम्पनीले जनाएको छ । यसले दैनिक ७००० बोरा सहित ३५०० मेट्रिकटन उत्पादनको क्षमता राख्दछ जसले देशभरीको बजार माग सजिलै धान्न सक्ने पनि कम्पनीले दावी गरेको छ । 

शौर्य सिमेन्टमा नेपालको एक मात्र अल्काली रिडक्सन प्रविधि जडित प्रक्रिया रहेको छ जहाँ अल्कली बाइपास सिस्टमको प्रयोग भएका कारण सिमेन्टमा अल्कालीको मात्रा कम हुन्छ जसकारण निर्माणमा स्थायित्व कायम रहने कम्पनीले दावी गरेको छ । यसैगरी, यसले ग्राइन्डिङ्ग प्रक्रियामा भर्टिकल रोलर मेसिन प्रयोग गर्दछ जुन सबैभन्दा उन्नत र उर्जा बचत गर्ने प्रविधि मानिन्छ । 

यस सिमेन्ट इन्डष्ट्रिजमा अन्तराष्ट्रिय स्तरको रोबोटिक ल्याब पनि रहेको छ । जहाँ बिना कुनै मानवीय त्रुटि, स्वचालित रोबोटिक्स आर्मले सिमेन्टको गुणस्तरमा एकरुपता कायम गर्न मद्दत गर्ने पनि कम्पनीको दावी छ ।

शौर्यले परम्परागत बोराको तुलनामा अल्ट्रा सोनिक सिलिङ सिस्टमको माध्यमबाट लेजर सिल प्याकेजिङ गरी लेमिनेट गरिएको पानी तथा आद्र्रता प्रतिरोधात्मक बोरको प्रयोग गरिएको पनि कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप