मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा प्रचण्ड–माधव नेपालबीच डेढ घण्टा भेटवार्ता

बिहीबार, १७ भदौ २०७८, १३ : ०८
बिहीबार, १७ भदौ २०७८

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच ‘वान टु वान’ वार्ता सकिएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वान टु वान वार्ता भएको हो ।

वार्ता के विषयमा केन्द्रीत भयो भन्ने बारेमा खुलेको छैन । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने समसामयिक राजनीतिक विषयमा छलफल हुनसक्ने बताए । तर हुम्लामा चीनसँगको सीमा विवाद र एमसीसीबारे चर्चा भइरहेका बेला दुई अध्यक्षबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप