‘एसएमजी’ चोरी प्रकरण : सैनिक विशेष अदालतमा आज सुनुवाइ

हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका नेपाली सेनाको कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए ।
उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत अर्का सैनिक जवान गंगाधर ढकालको साथबाट बरामद गरिएको छ । ढकालले साउन ७ मा चितवनमा हुद्दा भरत गुरुङलाई सो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भरत गुरुङको हत्या आरोपमा पक्राउ परेका ढकाललाई चितवन जिल्ला अदालतले सैनिक अदालतको जिम्मा लगाएको छ । उनलाई जंगी अड्डास्थित आन्तरिक थुनामा राखिएको छ । २०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार हत्यामा बट नम्बर ‘केआर–१००७९२’ नम्बरको एसएमजी प्रयोग भएको छ । दुई वर्षअघि चोरी भएको हतियारको नम्बरसँग सो नम्बर म्याच भएको छ ।
चोरी प्रकरणमा ट्विस्ट आएपछि जंगी अड्डाले कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानविन समिति’ चितवन पठाएर छानविन गरेको थियो । महा–सेनानी नेतृत्वको समितिले भदौ ११ अघि नै छानविन प्रतिवेदन बुझाएको थियो । इन्क्वायरी बोर्डले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जंगी अड्डामा बुझाएको छ । कोर्ट अर्फ इन्कवायरी प्रतिवेदन बुझाएपछि सो मुद्दामा जंगी अड्डाले कोर्ट मार्सल गरेको थियो । सैनिक जवान गंगाधर ढकालले हतियार आफैंले चोरेको स्वीकारेका छन् । हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । उनले कोत घरको झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको छानबिनबाट थाहा भएको छ ।
हतियार चोरेको आरोपमा कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ २८ महिनादेखि कारागार कार्यालय भरतपुरमा थुनामा छन् । विशेष सैनिक अदालतले अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्ग ‘निर्दोष हुन कि होइनन्’ र गंगाधरले कत्ति जेल सजाय पाउँछन् भन्नेबारे फैसला गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ महिनामा ५२ करोडको कोदो आयात
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी