बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनएमा त्रिपक्षीय भिडन्त

बिहीबार, १७ भदौ २०७८, १२ : ५५
बिहीबार, १७ भदौ २०७८

आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । नयाँ नेतृत्वको लागि कुल आचार्य, रबिना थापा / बद्री केसीबीच भिडन्त हुने पक्का भएको हो । तिनै उम्मेदवारले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसार अभियानलाई तिव्र बनाएका छन् । 

थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी नेकपा एमाले निकट मानिन्छन् । अमेरिका निवासी थापा, आइसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाँकेको राम्रो अनुभव समेत छ ।  

यस्तै बेलायत निवासी आचार्य अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रत्यासी रहेका थिए । उनी थोरै मात्रै मतान्तरमा कुमार पन्तसँग पराजित भएका थिए । उनको बेलायत र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय रहेको बताइन्छ । 

यस्तै वर्तमान उपाध्यक्ष समेत रहेका केसी रसिया निवासी हुन् । उनको पनि नेपाल र रसियामा विभिन्न व्यवसाय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप