शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिहीबार, १७ भदौ २०७८, १२ : ५४
बिहीबार, १७ भदौ २०७८

बोलेरोको ठक्करबाट तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ साठीमुरे भन्ने स्थानमा बुधबार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दमौलीबाट थर्पुतर्फ जाँदै गरेको ग ३ च २४४३ नंको बोलेरोले विपरीत दिशामा गुडिरहेको बा६५प ४६६० नंको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सार्की सख्त घाइते भएका थिए । 

घाइते सार्कीको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपश्चात गण्डकी मेडिकलमा सिफारिस गरिएको थियो । उपचारका क्रममा उनको सोही मेडिकलमा मृत्यु भएको हो । बोलेरो र त्यसका चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय विनोद श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप