बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा करेन्ट लागेर किशोरीको मृत्यु

बिहीबार, १७ भदौ २०७८, १२ : ४७
बिहीबार, १७ भदौ २०७८

कपिलवस्तुमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।  जिल्लाको कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो । टेवल पङ्खा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफु सुत्ने कोठामा टेवल पङ्खा जोड्ने क्रममा उनी करेन्ट लागेर गम्भीर भएकी थिइन् । घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप