वडा अधिवेशनअघि पौडेलले भने– आत्माको पुकार सुनेर निर्णय लिनू

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आत्माको पुकार सुनेर निर्णय लिन कार्यकर्तालाई अपिल गरेका छन् । वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत पौडेलले कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन अपिल गरेका हुन् ।
महाधिवेशनबाट संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आउन आवश्यक भएको बताए। लोकतन्त्रलाई साकार पार्ने र काँग्रेस जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्ने पौडेलले बताए ।
उनले त्यो अवश्यकतामा केन्द्रित भएर वडादेखि नै नेतृत्व चयनमा ध्यान दिन अपिल गरेका छन् ।
सानातिना निजी कुरा बिर्सेर महान् लक्ष्यलाई ध्यानमा अगाडि बढ्न पौडेलको आग्रह छ । ‘कसरी लोकतन्त्रलाई संस्थागत गर्ने ? कसरी यो देशको समृद्धिलाई अघि बढाउन कांग्रेस पार्टीले सबल नेतृत्व हासिल गर्ने ? पौडेलको प्रश्न छ ।
भोलिबाट काँग्रेसले वडा अधिवेशन गर्दैछ । मंसिर ९–१३ महाधिवेशनको कार्यतालिका अनुसार भोलिदेखि वडा अधिवेशन हुन लागेको हो । २२ गतेसम्म वडा अधिवेशन सक्नेगरी काँग्रेसले तयारी अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित