शान्ति समाजद्वारा थप दुई पुरस्कार स्थापना
मानव अधिकार तथा शान्ति समाजले थप दुई स्रष्टा सम्मान र सौगात पुरस्कार स्थापना गरेको छ । समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत मानबहादुर रावल वातावरण स्रष्टा सम्मान र पद्यप्रसाद दाहाल स्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको हो । यस अन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना स्रष्टालाई जनही रु २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने सामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
ती पुरस्कार स्थापनार्थ अक्षय कोषका लागि मानवअधिकार तथा शान्ति समाजका उपसभापति कृष्णबहादुर रावलले २ लाख र स्व.पद्यप्रसाद दाहाल (मादी, संखुवासभा) का नातिनी तथा नातिहरूले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने भएका छन् । रावल स्व. मानबहादुर रावल (तानसेन,पाल्पा) का छोरा हुन् ।
यी पुरस्कारहरू हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा २०७८ देखी प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । यससँगै शान्ति समाजद्वारा स्थापित पुरस्कारहरूको संख्या १३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा