किन लाग्छ बारम्बार भोक ?
भोक लाग्नु, तिर्खा लाग्नु आदि शरीरका स्वभाविक प्रतिक्रिया हुन् । भोक लाग्दा पेट भित्रबाट फरक प्रकारको आवाज आउँछ । त्यति मात्र होइन भोक लागेको समयमा टाउको दुख्ने, चिडचिडापन महसुस हुने, कुनै पनि कुरामा एकाग्र हुन नसक्ने जस्ता समस्याहरु आउँछन् । तर, कसै कसैलाई खाना खानेबित्तिकै फेरि भोक लाग्ने गर्छ । यसको सम्बन्ध स्वास्थ्यसँग हुन वा हुँदैन भन्नेबारे चिकित्सकहरु के भन्छन् ?
पर्याप्त मात्रामा प्रोटिन नखानु
भोकलाई नियन्त्रण गर्न शरीरमा पर्याप्त मात्रामा प्रोटिनको परिपूर्ती हुन जरुरी हुन्छ । प्रोटिनमा भोक कम गर्ने गुण हुन्छ । जसले गर्दा शरीरमा क्यालोरीको आपूर्ती धेरै हुन पाउँदैन । प्रोटिनमा पाइने एक प्रकारको तत्वले बारम्बार भोक नलाग्ने र पेट भरिएको संकेत दिन्छ । शरीरमा प्रोटिनको मात्रा कमि भयो भने बारम्बार भोक लाग्छ । प्रोटिनको मात्रा भरपुर मात्रामा लिँदा बारम्बार भोक लाग्दैन ।
निन्द्रा पूरा नहुनु
स्वास्थ शरीरका लागि मिठो र पूरा निन्द्राको आवश्यकता पर्छ । पूरा निन्द्राले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । निन्द्राको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ । निन्द्रा पूरा भएमा भोकको संकेत दिने घ्रेलिन हर्मोन नियन्त्रणमा आउँछ । निन्द्राको कमि भएमा यो हर्मोन बढ्छ र बारम्बार भोक लाग्छ । पर्याप्त मात्रा निदाउँदा छिट्टो भोक लाग्ने समस्या कम हुन्छ ।
परिस्कृत कार्बोहाइड्रेट
परिस्कृत खानामा फाइबर, भिटामिन र मिनरल्सको मात्रा कम हुन्छ । जसले गर्दा पचाउन सजिलो हुन्छ । यस्ता खाना छिट्टै पच्ने भएकाले छिट्टो छिट्टो भोक लाग्ने गर्छ ।
खानामा फ्याटको मात्रा
पेटलाई खाली नबनाउन फ्याटको अहम भूमिका रहन्छ । फ्याट भएको खानेकुराले लामो समयसम्म भोक लाग्न दिँदैन । तर, खानेकुरा खाँदा फ्याटको कमि भयो भने बारम्बार भोक लाग्छ ।
पानी कम हुनु
शरीरलाई तन्दुरुस्त बनाउनका लागि शरीरलाई हाइड्रेट लाग्न जरुरी छ । पानी पिउँदा शरीर ताजा भइरहन्छ भने मस्तिष्क पनि ताजा हुन्छ । शरीरमा पानीको कमि भएमा बारम्बार भोक लाग्ने गर्छ ।
फाइबर
शरीरमा फाइबरको कमि भएमा बारम्बार भोक लाग्छ । धेरै फाइबरयुक्त खानेकुरा खाँदा भोक नियन्त्रणमा आउँछ । फाइबर पच्न समय लाग्ने भएकाले भोक पनि कम लाग्छ ।
यसका साथै, व्यस्त जीवनशैलीका कारण धेरै मानिसहरु खानाको रुटिनमा ध्यान दिँदैनन् । त्यसले गर्दा हतार हतारमा खाना खाँदा फेरि भोक लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै, धेरै व्यायाम गर्ने बानीले पनि बारम्बार भोक लाग्छ । व्यायाम गर्दा शरीरमा भएको क्यालोरी पग्लिन्छ र शक्ति खर्च हुने भएकाले बारम्बार भोक लाग्छ । यसका साथै, धेरै मदिरा पिउने बानीले पनि भोक धेरै लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभाद्वारा ५ विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा
-
दलित युवामाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू