शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानिमा लाइफको पहिलो कारोबार ३०९ रुपैयाँमा

बिहीबार, १७ भदौ २०७८, ११ : १४
बिहीबार, १७ भदौ २०७८

सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आजदेखि दोस्रो बजारमा कारोबारमा आएको छ । हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएपछि आजदेखि कारोबारमा आएको हो । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको छ ।

नेप्सेले सूचीकरण भएपछि कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम तोकेको थियो । नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ कम्पनीले साउन २० देखि २४ गतेसम्म आईपीओ को बिक्री खुलाएको थियो । साउन ३० गते बाँडफाँड भएको सेयर ५ लाख ४० हजार जनाले १० कित्ताका दरमा सेयर पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप