भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार त्रिवेणी–६ सल्यान निवासी ६६ वर्षीया महिलाको गए राति मृत्यु भएको हो भने गढवा–६ दाङ निवासी ९५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । योसँगै बाँकेका अस्पतालमा उपचारका लागि आएका बाहिरी जिल्लाका नागरिकको कोरोनाबाट मृत्यु हुने सङ्ख्या ४०० पुगेको छ । बाँकेका अस्पतालमा १६४ सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । तीमध्ये सिकिस्त बिरामी १८, मध्यम बिरामी ३१ र चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने