शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधुमेहका रोगीका लागि भान्सामा पाइने ४ औषधि

बिहीबार, १७ भदौ २०७८, ०९ : ४१
बिहीबार, १७ भदौ २०७८

मधुमेहका रोगीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुपर्ने हुन्छ । रगतमा चिनीको मात्रा नियन्त्रणमा आएन भने अन्य स्वास्थ्य समस्याहरु आउने गर्छन् । विशेषज्ञले भान्सामा प्रयोग हुने केही मसलाहरुले खानाको स्वाद बढाउने मात्र होइन, शरीरमा विभिन्न प्रकारका रोगलाई नियन्त्रण पनि गर्छ । 

विशेषज्ञका अनुसार मधुमेहको टाइप–२ को नियन्त्रणका लागि स्वस्थ जीवनशैलीले अहम भूमिका निर्वाह गर्छ । साथै, भान्सामा पाइने बेसार, दालचिनी, तुलसी जस्ता मसलाहरु मधुमेहका रोगीले नियमित सेवन गर्ने गर्नुपर्छ । 

बेसार
स्वास्थ्य विशेषज्ञका अनुसार बेसारमा करक्युमिन हुन्छ । जसले एन्टी–अक्सिडेन्टको रुपमा काम गर्छ । र, यसले मधुमेहको उपचारमा पनि मद्दत गर्छ । यसका साथै, बेसारमा एन्टी–इन्फ्लेमेट्री गुण हुन्छ । यसले मधुमेहको रोगीलाई राहत दिन्छ ।

मेथी
मेथीको प्रयोग भान्सामा हुने गर्छ । यसको पातलाई सागको रुपमा प्रयोग गर्ने गरिन्छ । भने मधुमेहका रोगीका लागि पनि यो लाभदायी हुन्छ । मेथीले पाचन प्रक्रियालाई सहज बनाउने र काब्र्सलाई एब्जर्भ गर्ने क्षमतालाई तेज बनाउँछ । जसले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । यसका साथै, कोलेस्ट्रोल कम गर्न मेथीको सेवन गर्नेुपर्छ ।

तुलसी
तुलसीले रोग प्रतिरोधी क्षमताको विकास गर्छ । यसले शरीरलाई मजबुत बनाउँछ । विशेषज्ञका अनुसार तुलसीले रगतमा चिनीको मात्रा कम गर्छ । तुलसीमा पाइने एन्टीअक्सिडेन्टले अक्सिडेटिभ स्ट्रेस कम गर्छ र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

दालचिनी
दालचिनीमा एन्टी भाइरल, एन्टी ब्याक्टेरियल र एन्टी फंगल जस्ता गुणहरु हुन्छन् । यसका साथै, यसमा हुने एन्टि अक्सिडेन्ट र एन्टी इन्फ्लेमेट्रीको प्रभाव पनि रहन्छ । अध्ययनका अनुसार दालचिनीको सेवनले मेधुमेहको टाइप–२ हुने खतरा कम हुन्छ । दालचिनीमा हाइड्रोक्सी चालकोन पोलिमर पाइन्छ । यसले रगतमा ग्लुकोजमो मात्रा नियन्त्रण गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप