आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खोलाले कार बगायो, ४ जनाको मृत्यु, एकको उद्धार

बिहीबार, १७ भदौ २०७८, ०८ : ४१
बिहीबार, १७ भदौ २०७८

 

दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ ।  उक्त कार गएराती पौने दश बजे घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखाेलाले बगाएको हो ।

नेपालगञ्जबाट घोराही जाँदै गरेकाे प्र ३०१२४ च ४४४० नम्बरको कार सिस्ने खाेला क्रस गर्दै गर्दा खाेलामा आएकाे बाढीले बगाउँदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खाेलामा बगिहेकाे अवस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ।

त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि सुशीला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुँवरको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

सिस्नेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका घोराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र १४ बस्ने बर्ष ४० कि बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए ।  

बेपत्ता भएकाहरुको शब प्रहरीले आज बिहान ३ बजे घोराही ३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप