शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुरमा भदौ २० गते काँग्रेसले वडा अधिवेशन गर्ने

बुधबार, १६ भदौ २०७८, २२ : ४८
बुधबार, १६ भदौ २०७८

नेपाली काँग्रेस मकवानपुरको वडा अधिवेशन भदौ २० गतेका लागि तोकिएको छ । केन्द्रीय तहको निर्देशनअनुसार भदौ १८ गते देखि २३ गते भित्रमा सम्पन्न गरिसक्नुपर्ने वडा अधिवेशन मकवानपुरका १०२ वटै वडामा एकैदिन गर्नेगरी २० गतेका लागि तोकिएको नेपाली काँग्रेस संसदीय दलका नेता एवम् नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले बताए । 

बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दै नेता बानियाँले काँग्रेसले भदौ २० गते हुने वडा अधिवेशनसँगै स्थानीय तहको संगठन विस्तारको अभियानलाई समेत सक्रियतापूर्वक अगाडि बढाउने उनले बताए । 

भदौ १८ गते नै वडा अधिवेशन गर्ने योजना बनाएको भए पनि महाधिवेशन प्रतिनिधिहरूलाई प्राविधिक ज्ञान र सीपसहित वडा वडामा पठाउनुपर्ने भएकाले केन्द्रले तोकेर मितिभन्दा २ दिन पर सार्न परेको नेता बानियाँले बताए ।  केन्द्रबाट खटाइएको निर्वाचन अधिकृत, पार्टी पदाधिकारी र पूर्व सभापतिहरूको सामूहिक छलफलबाट नेपाली काँग्रेसको विधान र निर्देशिकाअनुसार भदौ २० गते वडा अधिवेशन गर्ने निर्णय भएको उनले बताए । 

वडाबाट निर्वाचित प्रतिनिधिले जिल्ला, क्षेत्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि चुन्ने भएकाले तल्लो तहलाई नै बलियो बनाउनका लागि केही गृहकार्य गरेर वडा अधिवेशन गर्ने निर्णयअनुसार वडा अधिवेशन २ दिन पर सारेको नेता बानियाँले बताए ।
उनले पार्टीको आकार स्थानीय तहमा बनाइएको संगठनको संरचनाले निर्धारण गर्ने बताउँदै वडा समितिमा सक्षम र पार्टी एवम् देश र जनताप्रति इमान्दार छवि कायम राख्न सक्ने व्यक्तिलाई जिम्मेवारी सुम्पिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप