दिगो विकासका लक्ष्य भेट्न सम्भाव्य सबै स्रोत परिचालन गर्न सरकारलाई निर्देशन
बुधबार, १६ भदौ २०७८, २२ : ४२
संसदको दिगो विकास तथा सुशासन समितिले सरकारलाई दिगो विकासका लक्ष्य भेट्न सम्भाव्य सबै स्रोत परिचालन गर्न निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले नेपाल सरकारलाई दिगो लक्ष्य भेट्न आवश्यक सबै स्रोत परिचालन गर्न निर्देशन दिएको हो ।
समितिकी सभापति तारादेवी भट्टले नेपाल सरकारलाई यस्तो निर्देशन दिएकी हुन् । नेपाल सरकारले सन् २०३० सम्म दिगो विकासको लक्ष्य भेट्ने योजना बनाएको छ । तर, केही साता अगाडी प्रकासन भएको महालेखा नियन्त्रकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनमा दिगो विकासको लक्ष्य भेट्न सम्भव नरहेको उल्लेख थियो ।
यसैगरी, समितिले संघीयताको मर्म अनुरुप योजना निर्माणका संरचना आवश्यक फेरबदल गरी स्थानीय सरकारहरूलाई समेत दिगो विकास प्राप्तीको लक्ष्यमा सामेल गराउन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या